बिहिबार, १४ जेठ २०८३
नेपाली

कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी

Main News Image

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भई कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । मधेश प्रदेशमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली हुने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ । यस्तै मधेश प्रदेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने आज पनि अत्यधिक गर्मी तातो दिन हुने सम्भावना छ ।

mediabaaji add

सम्बन्धित खबर

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अब घरबाटै एनओसी

काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एन...

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ ।। काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भने, ‘उपत्यका...

बुधबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा म...

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।

 यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम...

मौसम पूर्वानुमान : पहाडी र हिमाली भूभागमा हल्का वर्षा सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायु मण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूर...

आज देशका अधिकांश स्थानमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।...