बुधबार, ११ कात्तिक २०८३
नेपाली

एकताबद्ध जनसांस्कृतिक आन्दोलनको आह्वान, कोशी प्रदेशमा ७५ सदस्यीय नयाँ समिति गठन

Main News Image

 सुनसरी । जनसांस्कृतिक महासङ्घ नेपाल (कोशी प्रदेश) को एकता बैठक सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । बैठकले प्रगतिवादी साहित्यकार प्रा.डा. खेमराज खनाललाई प्रदेश संयोजक र जनवादी कलाकार खुश्बु राईलाई सहसंयोजक चयन गर्दै ७५ सदस्यीय प्रदेश समिति गठन गरेको छ।

प्रदेशका १४ वटै जिल्ला तथा महासङ्घअन्तर्गतका सात आङ्गिक संगठनलाई समेटेर समिति विस्तार गरिएको महासङ्घले जनाएको छ । महासङ्घमा जनसाहित्य सङ्घ, जनकलाकार सङ्घ, जननाट्यकर्मी सङ्घ, जनपक्षीय चलचित्रकर्मी सङ्घ, इतिहास तथा समाजशास्त्र सङ्घ, भाषा तथा लोकवार्ता सङ्घ तथा ललितकला सङ्घ आबद्ध छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य चिरन पुनले साहित्य, कला, गीत–सङ्गीत र संस्कृतिमार्फत समाज रूपान्तरणको अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए। उनले आधुनिक प्रविधिसँग जोडिएर सिर्जना र सांस्कृतिक गतिविधिलाई समयअनुकूल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

विशिष्ट अतिथि तथा महासङ्घका केन्द्रीय संयोजक भीम कुमाखीले संगठनात्मक एकता, वैचारिक स्पष्टता र सुदृढ संगठन निर्माणमा जोड दिए। कार्यक्रममा प्रदेश इन्चार्ज घनराज सुब्बा, निवर्तमान अध्यक्ष चेतनाथ धमला लगायतले पनि जनसांस्कृतिक आन्दोलनलाई विभाजनमुक्त र एकताबद्ध बनाउँदै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

नवनिर्वाचित प्रदेश संयोजक खेमराज खनालले महासङ्घलाई वैचारिक र संगठनात्मक रूपमा अझ सक्रिय, गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। बैठकले अन्त्यमा टुटफुट र विभाजनको राजनीतिविरुद्ध जनसांस्कृतिककर्मीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देशसहित जनपक्षीय सांस्कृतिक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।


mediabaaji add

सम्बन्धित खबर

भारतको धौलीगङ्गाको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

 भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको का...

एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत्

काठमाडौँ । वित्तीय कारबाही कार्यदल एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत् रहेको छ । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एएमएलरसीएफटी सम्बन्धी रणनीतिक कमजोरी अझै...

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका...