बुधबार, ११ कात्तिक २०८३
नेपाली

८० वटै मेसिनको मुचुल्का तयार गरिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा घोषणा

Main News Image

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको कार्य बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन समितिले अहिले मतदानमा प्रयोग भएका ८० वटै विद्युतीय भोटिङ मेसिनहरूको मुचुल्का तयार पार्ने र चिप्सु सुरक्षित गर्ने प्राविधिक कार्य गरिरहेको छ ।

निर्वाचनमा कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहेका छन् । 

मतदान प्रक्रिया सम्पन्न भए पनि नतिजा सार्वजनिक गर्न केही प्राविधिक चरणहरू बाँकी रहेका छन्। प्रत्येक मेसिनको छुट्टाछुट्टै मुचुल्का खडा गरी मेसिनमा खसेको मत र मतपत्रको विवरण भिडाउने कार्य भइरहेको छ।

निर्वाचन समितिका अनुसार एउटा मेसिनको मुचुल्का तयार पार्न करिब २ मिनेट लाग्ने अनुमान छ, जसका कारण ८० वटा मेसिनको पूर्ण मुचुल्का तयार हुन करिब २ घण्टा ४० मिनेट लाग्नेछ। त्यसपछि मात्रै मेसिनका कोड नम्बरका आधारमा चिप्सहरूलाई सिल गरी केन्द्रमा संकलन गरिनेछ।

सम्पूर्ण प्राविधिक तयारी पूरा भएपछि सर्वपक्षीय बैठक बस्ने र त्यसपछि मात्रै औपचारिक रूपमा मतगणनाको अन्तिम प्रशोधन गरी नतिजा सार्वजनिक गरिने एमालेले जनाएको छ। विद्युतीय मेसिनको प्रयोगका कारण गणना कार्य छिटो हुने भएकाले बिहान १० बजेदेखि नतिजा घोषणा गर्ने तयारी गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

चुनावमा मुखमा ओलीले ‘इगो’ साँधेपछि एमालेमा चर्को असन्तुष्टि

काठमाडौँ  । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि १४० जनाको नाम तय गरेको छ। कुल १६५ निर्वाचन क्षेत्रमध्ये १४० निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको एमालेले बाँकी उम्मेदवार तोक्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ।

टिकट वितरणमा अध्...

राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गरेका हुन् । शुक्रबार राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन् ।

रा...

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रत...