मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

८० वटै मेसिनको मुचुल्का तयार गरिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा घोषणा

Main News Image

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको कार्य बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन समितिले अहिले मतदानमा प्रयोग भएका ८० वटै विद्युतीय भोटिङ मेसिनहरूको मुचुल्का तयार पार्ने र चिप्सु सुरक्षित गर्ने प्राविधिक कार्य गरिरहेको छ ।

निर्वाचनमा कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहेका छन् । 

मतदान प्रक्रिया सम्पन्न भए पनि नतिजा सार्वजनिक गर्न केही प्राविधिक चरणहरू बाँकी रहेका छन्। प्रत्येक मेसिनको छुट्टाछुट्टै मुचुल्का खडा गरी मेसिनमा खसेको मत र मतपत्रको विवरण भिडाउने कार्य भइरहेको छ।

निर्वाचन समितिका अनुसार एउटा मेसिनको मुचुल्का तयार पार्न करिब २ मिनेट लाग्ने अनुमान छ, जसका कारण ८० वटा मेसिनको पूर्ण मुचुल्का तयार हुन करिब २ घण्टा ४० मिनेट लाग्नेछ। त्यसपछि मात्रै मेसिनका कोड नम्बरका आधारमा चिप्सहरूलाई सिल गरी केन्द्रमा संकलन गरिनेछ।

सम्पूर्ण प्राविधिक तयारी पूरा भएपछि सर्वपक्षीय बैठक बस्ने र त्यसपछि मात्रै औपचारिक रूपमा मतगणनाको अन्तिम प्रशोधन गरी नतिजा सार्वजनिक गरिने एमालेले जनाएको छ। विद्युतीय मेसिनको प्रयोगका कारण गणना कार्य छिटो हुने भएकाले बिहान १० बजेदेखि नतिजा घोषणा गर्ने तयारी गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

बालेन र सुधनलाई ज्ञानेन्द्रले भने– तपाईँहरूलाई सत्ताको सिँढी चढाउन ७६ जना मान्छे मरेका होइनन्

काठमाडौँ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै विद्यार्थीलाई गोली हान्ने र सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्ने ब...

निर्वाचन ६७ दिन बाँकी : एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार...

६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प...

ओली समूहमा अर्को विद्रोह : रघुजी पन्तले छाडे साथ

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । पन्तले अध्यक्ष केपी शर्मा ओलीको समूह छाडी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने...

सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौँ । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...

स्थानीय तहको सीमा विवाद समाधान गर्न सरकारले ल्याउँदै नयाँ मापदण्ड

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र वडाहरूको सीमाङ्कनमा देखिएका जटिलताहरूलाई नीतिगत रूपमै समाधान गर्न नयाँ मापदण्ड तयार गरेको छ । 

सिफारिस एउटा वडाबाट हुने तर जग्गाको भूगोल अर्को वडामा पर्ने जस्ता प्राव...