कांग्रेसका विनोद चौधरीलाई हराएर रास्वपाका विक्रम खनाल विजयी
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी भएका छन् । उनले कांग्रेसका विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पछि पारेर जित निकालेका हुन् । खनालले ४५ हजार २४१ मत प्राप्त गरेका छन्। चौधरीले भने ९ हजार ५०२ मत मात्रै ल्याउन सके। त्यस्तै एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत ल्याएका छन् ।
जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
ओलीको अहंकारले निम्त्यायो २४ गतेको विध्वंस : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको भयानक विध्वंसको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र अहंकार भएको आरोप लगाएका छन्। बुधबार महोत्तरीको...
जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट खारेज
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भ...
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।
लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।<...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की मोरङ–२ लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी...
बागमती प्रदेश सभाबाट आठ वर्षमा ९० विधेयक पारित
काठमाडौँ । बागमती प्रदेश सभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेश सभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् ।
प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने स...
वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल
काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् । नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनल...



