शनिबार, १३ भदौ २०८३
नेपाली

भोटेकोशी बाढी : ५७९ जनाको शव फेला, १ हजार ९२४ अझै सम्पर्कविहीन

Main News Image

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ५७९ जनाको शव फेला परेको छ भने १ हजार ९२४ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जना रहेका छन् । गोरखामा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेको जनाइएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना रहेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

कृत्रिम वर्षा: जानाजानी मौसम परिवर्तन गर्नु प्रकृतिमा हस्तक्षेप गर्नु हो- भूगोल पत्रकार जीवन शर्मा

काठमाडौँ । कृत्रिम वर्षाको इतिहास पहिलो पटक सन् १८९१ मा लुइस ग्याथम्यानले परिकल्पना गरेकाहुन्। उनले वर्षा गराउन बादलमा तरल कार्बन डाइअक्साइड इन्जेक्सन गर्ने सुझाव दिए।सन् १९३० को दशकमा, बर्गेरन-फाइन्डलीसेन प्रक्रियाले बादलमा बरफको क्रिस्टल थप्दा प...