सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा थप जवाफ नदिने बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी आफ्नो अभिव्यक्तिका विषयमा संसद्मा थप जवाफ नदिने भएका छन् । सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा उठेका प्रश्न र जिज्ञासाप्रति आफ्नो धारणा यसअघि नै स्पष्ट गरिसकेको भन्दै प्रधानमन्त्री शाहले यस विषयमा थप जवाफ नदिने संकेत गरेका हुन् ।
उनको अभिव्यक्तिपछि संसद्मा सत्ता र प्रतिपक्षी दलका सांसदहरूले विभिन्न प्रतिक्रिया जनाएका थिए। केही सांसदहरूले प्रधानमन्त्रीबाट थप स्पष्टीकरणको माग गरेका थिए भने कतिपयले राष्ट्रिय हितसँग जोडिएको विषय भएकाले संसद्लाई विस्तृत जानकारी गराउनुपर्ने धारणा राखेका थिए । सरकार स्रोतका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भनाइ सार्वजनिक रूपमा स्पष्ट भइसकेको र त्यसमा थप टिप्पणी आवश्यक नरहेको निष्कर्ष निकालेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
रवि लामिछानेको मुद्दा सुनुवाइ गर्दा न्यायाधीशविरुद्ध उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध उजुरी परेको छ । न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाई गरेको भन्दै पोखरेलविरुद्ध न्यायपरिषद्मा उजुरी गरिएको हो । हिजो पोखरेलले राष्ट्रिय स्वतन्त्र पा...
भोलिन्टियर फोर्सले समाजको मनोबाल बढाउने काम गर्ने छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स एनभीएफ घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको...
भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगामी साता चीन जाँदै
काठमाडौँ । छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार मात्र स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् ।
नयाँ सरकार गठन भएपछि कूटनीतिक सक्रियता बढाउँदै लगेका मन्त...



