शनिबार, ०७ कात्तिक २०८३
नेपाली

आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !

Main News Image

काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको  छ । प्रेमिल शैलीको  यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्। ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ । गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन  उदय राज पौडेलले गरेका छन्। गीतमा आयुष मगरकै स्वर र संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन् । साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ । भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन् । छायांकन तथा निर्माण  एनवाइसी नेपाली लाइफ स्टाइल  प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो । भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ । 


mediabaaji add

सम्बन्धित खबर

यस्तो छ तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...

सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो । आर्यघाटमा भ...

कंगाल करोडपतिमा मुकुनसँग जोडी बाँध्दै सलिना

काठमाण्डौँ । अभिनेत्री सलिना तामाङ फिल्म कंगाल करोडपतिमा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।

निर्माण टि...

सार्वजनिक भए ‘लज्जावती’ का आकर्षक पोस्टर, दर्शकमाझ बढ्दै उत्सुकता

काठमाडौँ । पाँच नयाँ पोस्टरमा फिल्म लज्जावती , आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लज्जावती’ ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रवार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फि...

‘कार्की साइँला’को ‘लग्यौ परान’ गीतमा जितु र प्रियानाको केमेस्ट्री

काठमाडौँ । आगामी असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रम बिच सार्वजनिक गीतमा कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचरिङ छ । श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीत...

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद

काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।