आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !
काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्। ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ । गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन उदय राज पौडेलले गरेका छन्। गीतमा आयुष मगरकै स्वर र संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन् । साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ । भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन् । छायांकन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो । भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद
काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...
फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !
काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भ...
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद
काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।
‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना
काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् । विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाक...
कान्समा छानियो नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’
काठमाण्डौँ । विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । कान्सअन्तर्गतको विधा ‘अन सर्टेन रिगार्ड’ यो फिल्म छानिएको हो । अविनाश विक्रम शाह निर्देशित यो फिल्म मुख्य प्रतिस्पर्धापछि प्रमुख मान...



