रास्वपाबाट समानुपातिक उम्मेदवार हुन ३२५ जनाको आवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ । आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जनाएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ। आवेदकहरूसँग ५ पुसमा छलफल गरिने भएको छ। छलफलको सहजीकरणको लागि प्रदेशगत नेताहरू तोकिएको छ ।
सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए। पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास भन्दै आवेदन मागेको थियो। समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका ३५२ जनाको नाम पुस ३ गते सार्वजनिक भएको हो। जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट ९४ जना छन् भने कर्णालीबाट २० जना मात्र छन्। यस्तै कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१ जना, गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना र सुदूरपश्चिमबाट ३० जनाले आवेदन दिएका छन्।
सार्वजनिक गरिएको तालिका अनुसार पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको र प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग सातै प्रदेशमा छलफल तथा पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन र प्रारम्भिक चुनाव गरी पुस १४ गतेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेपार्टीका उम्मेदवार छनोट समिति संयोजक एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिए।
एक्सप्रेस
सम्बन्धित खबर
पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो
काठमाण्डौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण र उनीसँग जोडिएका शक्ति समूहका गतिविधि चर्कंदै जाँदा कारागार प्रशासनले नयाँ कदम चालेको छ । ललितपुरको नख्खु कारागारमा थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई ललितपुरबाट सिन्ध...
चार राजदूतको राजीनामा स्वीकृत
काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतमध्ये चार जनाले राजीनामा दिएका थिए । उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधा...
कांग्रेस विशेष महाधिवेशन रोक्ने खड्काको अन्तिम योजना
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुने परिस्थिति सिर्जना हुन नदिने बताएका छन् । शुक्रबार बिहान कांग्रेसभित्रका संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग भएको भेटमा ख...
राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ
काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित व...
सुकुम्बासीको लगत नेपाली सेनालाई नदिन हर्क साम्पाङको अनुरोध
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै सेना लगत माग्ने निकाय नभएको कारण पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् ।
उनले लेखेका...
रास्वपाले फागुन ७ मा चुनावी घोषणापत्र ल्याउने
काठमाण्डौँ । प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले फागुन ७ गते घोषणापत्र ल्याउने भएको छ । रास्वपाले चुनावी घोषणापत्रलाई जनतासँग प्रतिज्ञाको करारपत्र भनेको छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्...



