आइतबार, २२ कात्तिक २०८३
नेपाली

जनकपुरबाट मेची-महाकाली पदयात्रा गर्दै अमरेश सिंह, ‘समाज जोड्नुपर्छ’ मूल सन्देश

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अमरेशकुमार सिंहले मधेशलाई बुझ्ने र देशका विभिन्न भूगोललाई जोड्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् । आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटघाटमा सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट पदयात्रा सुरु गर्ने जानकारी दिएका हुन् । उनका अनुसार सीताको जन्मभूमि जनकपुरधामस्थित गंगासागरमा छठको पारनका दिन अर्घ्य दिएपछि पदयात्राको सुरुवात हुनेछ ।

उनले आफ्नो पदयात्राको मूल सन्देश ‘समाज जोड्नुपर्छ’ रहेको बताए । राजनीति समाजलाई जोड्ने र मुलुकको समृद्धिका लागि अघि बढ्ने माध्यम बन्नुपर्ने उनको धारणा छ । अबको बाटो पनि एकतामै केन्द्रित हुनुपर्ने उनले बताए ।

सिंहले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ गरी ‘६ स’ का क्षेत्रमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे । पदयात्राका क्रममा जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, अपेक्षा र सुझाव सुन्ने उनले बताए ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपा महाधिवेशनमा तीव्र असन्तुष्टि : मतदान प्रक्रिया र व्यवस्थापनमा गम्भीर प्रश्न

चितवन । नयाँ राजनीतिक संस्कारको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आन्तरिक खिचातानी, व्यवस्थापकीय कमजोरी र मतदान प्रक्रियाको विवादका कारण नराम्रोसँग थला परेको छ । तीन दिनभित्रै भव्य रूपमा सम्पन्न गर्ने य...

कांग्रेसको विशेष महाधिवेशन नटार्न चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुले विशेष महाधिवेशन नटार्न चेतावनी दिएका छन् । असोज २८ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिलेसम्म पनि विशेष महाधिवेशनको मिति नतोकेक...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने

काठमाडौँ । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

मतपत्र छपाइ आइतबारसम्म सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दै...

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ । गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भए...

संविधानले दिएको हक रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संविधान र कानुनले सुनिश्चित गरेका हक अधिकारको प्रयोग कसैले रोक्न नहुने स्पष्ट पारेकी छन् । थारू कल्याणकारिणी सभाको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व आवश्यक रहेको बताइन् ।...