बिहिबार, १२ कात्तिक २०८३
नेपाली

नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

Main News Image

काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो सामान कोलकाता र विशाखापटनम्, विराटनगर जोगवनी तथा नौतनवा सुनौली मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा आज भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए । सो अवसरमा दुवै देशबीच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो । यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए ।

भेटका क्रममा नेपाल भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

 

mediabaaji add

सम्बन्धित खबर

पर्याप्त आयातका बाबजुद बजारमा ग्यास अभाव, उपभोक्ता अझै लाइनमा

काठमाडौँ । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन् । उद्योगीहरूका अनुसार अहिले दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको छ । तर, बजारमा आपूर्ति पर्याप्त रहेको तथ्यांकले...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पै...

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४३ हज...

नेप्से २.२५ अंकले घट्यो, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ अंकमा झरेको छ ।

सोमबार कारोबार भएका १३ उपसमूहमध्ये ५ समूहको सूचक बढ्दा ८ समूह घटेका छन्...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७...

साताको पहिलो दिन ५४ अंकले बढ्यो शेयर बजार, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १ सय ८२ रुपैयाँ ८४ पैसाको कारोबार भए...