बुधबार, १७ भदौ २०८३
नेपाली

बाढीपछि देवीघाटको अवस्था कहालीलाग्दो, बस्ती नै बगरमा परिणत

Main News Image

नुवाकोट । बाढी र पहिरोपछि नुवाकोटको देवीघाट क्षेत्रको अवस्था कहालीलाग्दो बनेको छ । विनाशकारी बाढीले बस्तीका घरहरू बगाएर ठूलो क्षेत्रमा बालुवा, ढुंगा र भग्नावशेष थुपारेको छ । बाढीको वेगले कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय घरका संरचना मात्रै बाँकी छन् । बस्ती रहेको स्थान अहिले बगरमा परिणत भएको छ। घर तथा भौतिक संरचनाका भग्नावशेष, ढुंगा र माटो एकै ठाउँमा थुप्रिँदा देवीघाटको दृश्य निकै भयावह देखिएको छ ।

बाढीले स्थानीयको घर, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति पु¥याएको छ। विपत्तिपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका प्रयास भइरहेका छन् भने क्षतिको विवरण संकलन गर्ने काम पनि जारी छ ।

ड्रोनबाट खिचिएको देवीघाटको दृश्यले बाढी र पहिरोले पु¥याएको क्षतिको वास्तविक अवस्था अझ स्पष्ट पारेको छ। कुनै समय बस्ती र घरहरूले भरिएको क्षेत्र अहिले माटो, ढुंगा, बालुवा र भग्नावशेषले ढाकिएको देखिन्छ ।

mediabaaji add

सम्बन्धित खबर

जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी

काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ । उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ...

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक...

आज नाग पञ्चमी पर्व मनाइँदै, कसरी टाँस्ने ? के छ विधि र महत्त्व ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको...

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, डिजिटल विभाजन कम गर्ने लक्ष्य

काठमाडौँ । इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि आइसिटीको माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका साथ आज मे १७ मा विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम गरी मनाइँदैछ ।

...

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ । २०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल...