मङ्गलबार, १९ जेठ २०८३
नेपाली

शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

Main News Image

सिरहा । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन्भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ ।

चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा दाउरा बाल्ने काम थालिएको जानकारी दिए ।

उनले भने, “बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन तत्काल राहतका कार्यक्रम सुरु गरेका छौं । बजार क्षेत्रका प्रमुख चोकमा दाउरा बालिएको छ र वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ ।” उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने तयारीसमेत गरिएको छ । उनले भने, “चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले आफ्नोतर्फबाट सक्दो पहल गरिरहेको छ।” यसैबीच मौसममा आएको अचानक परिवर्तन र निरन्तर चिसो हावाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै नयाँ कानुनी संशोधनका कारण यो निर्णय लागू गरिएको जानकारी दिएको हो । काउन्सिलका अनुसार अघिल...

त्रिशूली नदीमा दुई मजदुर बेपत्ता, खोजी गर्दै सशस्त्रको गोताखोर

काठमाडौं । सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने दुई जना कामदार त्रिशूली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दिय...

तराईका जिल्लामा आज होली मनाइँदै

नवलपरासी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।

आज...

त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा म...

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्न...

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक...