मङ्गलबार, ०६ असोज २०८३
नेपाली

साना किसानको तहमा लघुवित्तले आशा जगाइरहेको विज्ञहरुको भनाई

Main News Image

काठमाण्डौँ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँदै गरिबी न्यूनिकरणमा लघुवित्तहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

कार्यक्रममा बोल्नुहुँदै राष्ट्रबैँकका पूर्व कार्यकारी निर्देशक एवम् अर्थविज्ञ डा. गुणाकर भट्टले वर्तमान समयमा लघुवित्त क्षेत्रमा देखीएका समस्याहरुको साझा प्रयास र पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले लघुवित्त क्षेत्रमा समस्या मात्र नभई सम्भावना प्रचुर रहेको स्मरण गर्दै अर्थतन्त्र चलायमान बनाउने विषयमा लघुवित्तको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । भट्टले केही लघुवित्तमा समस्या आयो भन्दैमा सम्पूर्ण लघुवित्त क्षेत्र नै समस्याग्रस्त भयो भन्न नमिल्ने भन्दै कतिपय सकारात्मक परिवर्तनमा योगदान गरिरहेका लघुवित्तको बारेमा पनि चर्चा परिचर्चा गर्नुपर्नेमा जोड दिनुभयो । 


समस्या जसरी समाधान पनि संगसंगै हुने भन्दै भट्टले लघुवित्त क्षेत्रले सरकार, नियमक निकाय र सरोकारवालाहरुसंग आफ्ना कुराहरु सामुहिक रुपमा राख्नु पर्ने सुझाव दिनुभयो । 

स्थानीयतहमा पहुँच पु¥याउन आवश्यक छ । यस अभियानको बारेमा यहाँहरुले नै सोच्ने हो । अरुलाई भन्दै जाने हो । अरुलाई बुझाउँदै जाने हो । त्यसैले नीतिगत पैरवीका लागि तयार भएर अगाडि बढ्ने । साझा उद्धेश्य र साझा लाभका लागि विषयको उठान गर्नुस । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले नियमक निकायको नीति, विधि र परिमार्जित कानुनहरुका बारेमा लघुवित्त क्षेत्रका नेतृत्वहरुलाई जानकारी दिन यो कार्यक्रमको अयोजना गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय कानुनमा भएको बदलावको बारेमा समग्र लघुवित्त क्षेत्रलाई जानकारी होस भन्ने ध्येयका साथ देशभरका ३५ वटा भन्दा बढि लघुवित्त वित्तीय संस्थाका प्रमुखहरुलाई सहभागि बनाई दुइपक्षीय छलफल गरिएको बताउनुभयो । 

प्रमुख कार्यकारी अधिकृत अधिकारीले सुधारको सुरुवात आफुबाट गर्नुपर्ने भन्दै सबैभन्दा पहिले संस्थागत सुशासनमा विशेष ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । यसैगरी कार्यक्रममा प्रस्तुत भएका २ वटा कार्यपत्रमाथी टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका उप निर्देशक पिताम्बर पोख्रेलले लघुवित्त क्षेत्रमा नियमकीय तवरबाट हुनुपर्ने व्यवस्थामा सहजिकरणका लागि आफुहरु तयार रहेको बताउनुभयो । उहाँले लघुवित्त क्षेत्र आफैमा नराम्रो नभई केही गलत व्याक्तीका कारण यस क्षेत्र समस्यामा परेको उहाँको धारणा थियो । पोख्रेलले लघुवित्त क्षेत्रमा गर्नुपर्ने सुधारका लागि कानुन सम्वत रुपमा आफुहरुले कार्य गर्दै आएको भन्दै यस क्षेत्रलाई कस्तो बनाउने भन्ने विषयमा लघुवित्त क्षेत्र, सरोकारवाला र नियमक नियकाको सहकार्यमा टुङ्गोमा पुग्न सकिने बताउनुभयो । 

यसैगरी कार्यक्रममा लघुवित्त क्षेत्रका समस्या, चुनौती तथा दिगो व्यावसायिक सन्तुलनका विषयमा नेरुडे मिर्मिरे लघुवित्त संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी लघुवित्त क्षेत्रको वर्तमान समस्या निराकरणका उपाय र नियामकीय रणनीतिका विषयमा नेपाल राष्ट्र बैंकका उप निर्देशक विवेक कोइरालाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट विदुर लुइँटेलले लघुवित्त संस्थामा कर्जा नोक्सानी व्यवस्था, सन्दर्भ अवधारणा र प्रभाव विषयमा प्रस्तती राख्नुभएको थियो । 

सहभागी सबैलाई धन्यवाद दिँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का नायब प्रमुख कार्यकारी अधिृकत पृथ बहादुर थापाले लघुवित्त क्षेत्रमा गहिरो गरी अनुसन्धानको आवश्यकता रहेको बताउनुभयो । उहाँले सतही कुरामा विश्वस गरेर धारणा बनाउने भन्दा पनि वास्तविकताको नजिक रहेर लघुवित्त क्षेत्रको बारेमा बहस गर्नुपर्नेमा जोड दिनुभयो । थापाले सकारात्मक कार्य गरेका लघुवित्तलाई प्रोत्साहन र खराब गरेकाहरुलाई सुधारको अवसर प्रदान गर्नुपर्ने माग गर्नुभयो । यसै सन्दर्भमा लघुवित्तहरुले महिलाहरुको आत्मसम्मान, आत्मविश्वास बनाउनका साथै आयआर्जनमा समेत ठूलो सहयोग गरिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले विपन्न वर्गमा वित्तीय पहुँच पु¥याउने कुरा र लघु उद्यम प्रवद्र्धनको क्षेत्रमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा केन्द्र, प्रदेश, स्थानीयतह र प्रारम्भिक संस्थाहरुसम्म पुगेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । लघुवित्तले अहिले देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रका गरिब किसानहरुलाई आयआर्जनसंग जोड्ने कार्य गर्दै आएको छ । 


mediabaaji add

सम्बन्धित खबर

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट अनिवार्य

काठमाडौँ । नेपाल सरकारले सार्वजनिक यातायातका साधनहरूमा विद्यार्थीहरूका लागि तोकिएको ४५ प्रतिशत भाडा छुटको व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न पुन कडा निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग...

भदौका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरको विवरणले यस्तो देखाएको हो । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ म...

भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रब...

ब्रोकरका लागि नेपाल स्टक एक्सचेन्जमा अनिवार्य आईटी अडिट व्यवस्था लागू

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि आईटी अडिट व्यवस्था लागू गरेको छ ।

नयाँ प्रावधानअनुसार प्रत्य...

विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण : महसुल घटाई आन्तरिक खपत बढाउने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउने उद्देश्यले पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणालीको विकास गर्ने लक्ष्यका साथ प्राधिकरण सञ्चा...

अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ को...