दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ट्राफिक सप्ताह मनाइने जानकारी दिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार अभियानको सुरुआत शुक्रबार रक्तदान कार्यक्रमबाट गरिनेछ । अभियानअन्तर्गत पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुईपाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटर लक्षित सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, विद्यालय तथा कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना दिने कार्यक्रम सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ट्राफिक लाइट उद्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखा स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर, सडक सरसफाइ, रुख छाँटकाट, सवारी साधनको यान्त्रिक तथा प्रदूषण परीक्षण पनि समावेश छन् ।
यसैगरी ट्राफिक प्रहरी कर्मचारीहरूलाई आचरण, व्यवहार तथा ड्युटीका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइनेछ । उपत्यकामा बढी दुर्घटना हुने स्थानहरूमा सरप्राइज संयुक्त चेकजाँच, मुख्य चोक तथा जक्सनहरूमा दुर्घटनाका कारण र त्यसबाट सिर्जित परिणामबारे माइकिङसहित सांगीतिक कार्यक्रम पनि हुने एसपी सुवेदीले बताए । ट्राफिक सप्ताहका कार्यक्रमबारे टिकटक, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा सचेतनामूलक सामग्री पनि प्रकाशन गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीविरुद्ध मुद्दा दायर
बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित...
हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा अधिकारी पक्राउ
काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोलबाट रातो सूची रेड नोटिस जारी भएकी चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छिन् । थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले...
सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटना स्थलमा प्रदर्शन
विराटनगर । सुनसरीको सिमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका १ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनु...
नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...
चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...
साइबर ब्यूरो कार्यालय भवन काठमाडौँ महानगरपालिकाले लियो
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो । आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षत...



