बिहिबार, १२ कात्तिक २०८३
नेपाली

दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने

Main News Image

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ट्राफिक सप्ताह मनाइने जानकारी दिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार अभियानको सुरुआत शुक्रबार रक्तदान कार्यक्रमबाट गरिनेछ । अभियानअन्तर्गत पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुईपाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटर लक्षित सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, विद्यालय तथा कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना दिने कार्यक्रम सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ट्राफिक लाइट उद‍्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखा स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर, सडक सरसफाइ, रुख छाँटकाट, सवारी साधनको यान्त्रिक तथा प्रदूषण परीक्षण पनि समावेश छन् ।

यसैगरी ट्राफिक प्रहरी कर्मचारीहरूलाई आचरण, व्यवहार तथा ड्युटीका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइनेछ । उपत्यकामा बढी दुर्घटना हुने स्थानहरूमा सरप्राइज संयुक्त चेकजाँच, मुख्य चोक तथा जक्सनहरूमा दुर्घटनाका कारण र त्यसबाट सिर्जित परिणामबारे माइकिङसहित सांगीतिक कार्यक्रम पनि हुने एसपी सुवेदीले बताए । ट्राफिक सप्ताहका कार्यक्रमबारे टिकटक, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा सचेतनामूलक सामग्री पनि प्रकाशन गरिनेछ ।


mediabaaji add

सम्बन्धित खबर

मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...

पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी

काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना...

एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०...

स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा

रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...

अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।

फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...

काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमा...