दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ट्राफिक सप्ताह मनाइने जानकारी दिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार अभियानको सुरुआत शुक्रबार रक्तदान कार्यक्रमबाट गरिनेछ । अभियानअन्तर्गत पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुईपाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटर लक्षित सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, विद्यालय तथा कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना दिने कार्यक्रम सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ट्राफिक लाइट उद्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखा स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर, सडक सरसफाइ, रुख छाँटकाट, सवारी साधनको यान्त्रिक तथा प्रदूषण परीक्षण पनि समावेश छन् ।
यसैगरी ट्राफिक प्रहरी कर्मचारीहरूलाई आचरण, व्यवहार तथा ड्युटीका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइनेछ । उपत्यकामा बढी दुर्घटना हुने स्थानहरूमा सरप्राइज संयुक्त चेकजाँच, मुख्य चोक तथा जक्सनहरूमा दुर्घटनाका कारण र त्यसबाट सिर्जित परिणामबारे माइकिङसहित सांगीतिक कार्यक्रम पनि हुने एसपी सुवेदीले बताए । ट्राफिक सप्ताहका कार्यक्रमबारे टिकटक, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा सचेतनामूलक सामग्री पनि प्रकाशन गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको सितापाइलामा ट्राफिक सप्ताह अन्तर्गत आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् । जसमा यात्रुवाहक बसका चालक ३ जना&n...
वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ, अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदा...
सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
काठमाडौँ । मौन अवधिमा पैसासहित सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २०२००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति साढे १२ बजे...
सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरण...
प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार
हेटौँडा । मदिरा सेवन मापसे गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घ...
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...



