समानुपातिकमा रास्वपाको एक सिट घट्ने संकेत
काठमाडौँ । देशैभरी समानुपातिकतर्फको मतगणना जारी छ । आज बिहान सबेरैसम्मको गणनाअनुसार रास्वपाले ५८ सिट पाउने देखिएको थियो । तर, बिहान १० बजेपछिको अपडेडले रास्वपाले ५७ सिट मात्रै पाउन सक्ने संकेत गरेको छ । १० बजेको अपडेटमा रास्वपाको मत अनुपात घटेर ४७.९ प्रतिशतमा झरेको हो ।
बिहान सबेरै रास्वपाको मत कूल मतको ४८ प्रतिशतभन्दा माथि थियो । यद्यपि करिब ६ लाख मत गणना हुन बाँकी नै भएकोले यो अनुपात फरक पर्ने सम्भावना पनि बाँकी नै छ । पछिल्लो अपडेटमा कूल १ करोड ४ लाख १९ हजार २३४ सदर मत गणना भएका छन् ।
रास्वपाले ५० लाख मत कटाएको छ । यसले ५० लाख ५२ मत पाएर अग्रस्थानमा छ । नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत पाएको छ । नेकपा एमालेले १४ लाख ११ हजार ४२९, नेकपाले ७ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राप्रपाले ३ लाख २४ हजार ८८१ मत पाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेशकी सांसद
काठमाडौँ । लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ । भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधनपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङ नियुक्त भएकी छन् । प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरु...
सर्वोच्च अदालतका सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूविरुद्ध कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनक...
देश दुखेको बेला एक हौं भन्दै जेनजीहरूको शान्तिपूर्ण आन्दोलन
काठमाडौँ । जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् । आफ्ना अधिकार र मागहरूका पक्षमा आवाज उठाउँदै जेनजी समुदायका सदस्यहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेक...
कांग्रेसलाई अनिर्णयको बन्दी बनाइँदै, आज हुने भनिएको बैठक आइतबारसम्मका लागि सारियो
काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । आज दिउँसो बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज दिउँसो...
नवगठित नेकपाले २० प्रतिशत जेनजीको सहभागिता सुनिश्चित गर्ने
काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीले नेतृत्वको विकास र हस्तान्तरणका लागि वैज्ञानिक विधि अपनाउने घोषणा गरेको छ । पार्टी पदाधिकारीहरूको कार्यकाल र उमेर हद निर्धारण गर्ने निर्णय गरेको छ । आजको एकता सम्मेलनमा प्रस्...
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ । उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...



