बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने २५ वटा बिग्रिएका छन्। उनले चितवन–पर्सा कम्प्लेक्समा कुल एक हजार ७८० क्यामेरा प्रयोग गरिएको जानकारी दिए ।
गत पुस ३ तेदेखि सुरु भएको बाघ गणना बिहीबार सम्पन्न भएको हो । थापा मगरका अनुसार दुई राष्ट्रिय निकुञ्जलाई एउटै कम्प्लेक्सका रूपमा राखी तीन ब्लकमा विभाजन गरेर गणना गरिएको थियो। म्प्लेक्सलाई ९५८ ग्रिडमा बाँडेर क्यामेरा जडान गरिएको थियो। तीमध्ये ८५ क्यामेरा समस्याग्रस्त देखिएको उनले बताए । प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्याङ्क सङ्कलन गरिएको थियो। दुई वर्ग किलोमिटर क्षेत्रलाई एक ग्रिड मानेर गणना गरिएको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी...
ट्राफिक सप्ताहमा २३ हजारभन्दा बढी लाभान्वित, ‘सानो लापरबाही ठूलो दुर्घटना’ सन्देश प्रवाह
काठमाडौँ । ट्राफिक सप्ताहको चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी...
पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए ।
शिवरात्रीमा उनले पशुपतिम...
पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ
ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेका दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन...
काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरील...
ट्याक्टरमा लोड गरिएको ५ सय किलो गाँजासहित ९ जना पक्राउ
काठमाण्डौँ । भोजपुरबाट पाँच क्विन्टल गाँजासहित नौजना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका ९ मचुवाबाट ५ सय किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ पर्नेमध्ये आमचोक गाउँपालिका ९ बस्ने २९ वर्षीय...



