६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्न सार्वजनिक सूचना
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ ।
आज सूचना जारी गर्दै सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का सम्झौता नतोड्नुपर्ने मनासिव कारण भए १५ दिनभित्र आधिकारिक व्यक्तिलाई उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो । आधिकारिक व्यक्तिहरू उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेस नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम अन्त्य हुने चेतावनीसमेत विभागले दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बजारमा ग्यास अभाव हुँदैन : निगम
काठमाडौँ । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई...
२५.८१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?
काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार...
शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो ए...
अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँको नोट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक हजार र ५०० रुपैयाँ दरका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०...
केरुङ-काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन तयार
काठमाडौँ । नेपाल र चीन जोड्ने बहुप्रतिक्षित काठमाडौं–केरुङ अन्तरदेशीय विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले अबको डेढ महिनाभित्र बुझाउने भएको छ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको प्रस्तुतीकर...
सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भ...



