६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्न सार्वजनिक सूचना
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ ।
आज सूचना जारी गर्दै सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का सम्झौता नतोड्नुपर्ने मनासिव कारण भए १५ दिनभित्र आधिकारिक व्यक्तिलाई उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो । आधिकारिक व्यक्तिहरू उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेस नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम अन्त्य हुने चेतावनीसमेत विभागले दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अण्डाको मूल्य बढ्यो : उपभोक्तालाई प्रतिगोटा २५ रुपैयाँ, किसान अझै घाटामा
चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट ९३० वटा० र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसा...
नेप्सेमा ५.३२ अंकको वृद्धि, ५ अर्ब ८२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको...
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका अन्तर(प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो ।
यो समायोज...



