बुधबार, ११ कात्तिक २०८३
नेपाली

६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्न सार्वजनिक सूचना

Main News Image

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ ।

आज सूचना जारी गर्दै सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का सम्झौता नतोड्नुपर्ने मनासिव कारण भए १५ दिनभित्र आधिकारिक व्यक्तिलाई उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो । आधिकारिक व्यक्तिहरू उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेस नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम अन्त्य हुने चेतावनीसमेत विभागले दिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

वैशाख महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदरहरूले निक्षेपमा हल्का गिरावटको संकेत दिएका छन् । चैतको तुलनामा वैशाखमा व्यक्तिगत र संस्थागत दुवै निक्षेपको औसत ब्याजदर घटेको देखिएको हो । तथ्यांकअनुसार, चैतमा ४.४९ प्रतिशत...

मंगलबार कुन देशको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१...

सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३४० रुपैयाँले घटेर प्रत...

नेप्सेमा ४.९८ अंकको गिरावट, ३ अर्ब ७७ करोडको झर्‍यो कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । आज ७७ कम्प...

नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक  ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भएको छ । आज १३८ कम्पनीको स...

एलपी ग्यास अभावको हल्ला निराधार : प्रबन्ध निर्देशक भट्ट

काठमाडौं। एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छ...