नेपाल लाइफको ५० हजार कित्ता शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो ।
उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । बोलपत्र आज वैशाख १० गतेदेखि वैशाख २४ गते बैंकिङ्ग समयभित्र पेश गरिसक्नु पर्नेछ । यस्तो बोलपत्र काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ भने सोही कार्यालयमा बुझाउन सकिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
नाडा अटो शो २०२६ सुरु, ‘मेड इन नेपाल’ सवारीसाधनलाई विशेष प्राथमिकता
काठमाडौँ । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडा...
नेप्सेमा पहिलो कारोबार मूल्यप्रति रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि
काठमाण्डौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले कम्पनीको सेयरको नेपाल स्टक एक्सचेन्ज नेप्सेले तोकेको पहिलो कारोबार मूल्य सीमा ओपनिङ रेन्जप्रति असन्तुष्टि जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीप्ले सेयरको ओपनिङ रेन्ज १०० देखि ३ सय रुपैयाँसम्म निर्धार...
काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह
काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज बन्दै गएको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी मात्रामा सिलिण्डर आपूर्ति भ...



