तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको । एकै चरणमा हुने यो निर्वाचनका लागि सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी यो संख्यामा परिचालन हुने भएको हो । २०७९ को चुनावमा भन्दा यस पटक उम्मेदवार बढी छन् । यसपालि समानुपातिकको ११० सिटमा ३ हजार २१३ उम्मेदवार छन्, प्रत्यक्षतर्फ १६५ सिटका लागि दल र स्वतन्त्र गरी ३ हजार ४०६ जनाको उम्मेदवारी परेको छ ।
गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ४१२ उम्मेदवार मैदानमा थिए । २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकामा यो पटक बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् ।
१० हजार ८९२ मतदानस्थलबाट २०७९ मा मतदान गराइएकामा यस पटक ११ हजार ९०१ मतदानस्थल तोकिएको छ । तीमध्ये अतिसंवेदनशील मतदानस्थल मात्रै ४ हजार छन् । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौतीकै कारण अतिसंवेदनशील मतदानस्थलको संख्या बढाइएको हो । निर्वाचन सुरक्षाका लागि सेनाबाट करिब ८० हजार, प्रहरीबाट करिब ७१ हजार, सशस्त्रबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार र ४० दिन कार्यअवधि तोकिएका निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जनालाई परिचालन गर्न लागिएको छ ।
२०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यतिबेला ३५ जिल्लाका ७१ मतदानस्थलमा हुलहुज्जत र तोडफोड गरिएकामा १५ स्थानको मतदान प्रभावित भएको थियो । ३२ ठाउँमा हवाई फायर गरिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौंमा मानव बेचबिखन र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतमा दायर अभियोगपत्रअनुसार, पीडितलाई वैदेशिक रोजगारी र आकर्षक...
रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन
काठमाडौँ । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संय...
वीरगञ्जमा हिन्दू मुस्लिम जुधाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने प्रयास
काठमाडौँ । वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लि...
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।
उनले समितिलाई आजै...
सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटना स्थलमा प्रदर्शन
विराटनगर । सुनसरीको सिमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका १ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनु...
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका...



