बिहिबार, १२ कात्तिक २०८३
नेपाली

तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै

Main News Image

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको । एकै चरणमा हुने यो निर्वाचनका लागि सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी यो संख्यामा परिचालन हुने भएको हो । २०७९ को चुनावमा भन्दा यस पटक उम्मेदवार बढी छन् । यसपालि समानुपातिकको ११० सिटमा ३ हजार २१३ उम्मेदवार छन्, प्रत्यक्षतर्फ १६५ सिटका लागि दल र स्वतन्त्र गरी ३ हजार ४०६ जनाको उम्मेदवारी परेको छ ।

गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ४१२ उम्मेदवार मैदानमा थिए । २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकामा यो पटक बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् ।

१० हजार ८९२ मतदानस्थलबाट २०७९ मा मतदान गराइएकामा यस पटक ११ हजार ९०१ मतदानस्थल तोकिएको छ । तीमध्ये अतिसंवेदनशील मतदानस्थल मात्रै ४ हजार छन् । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौतीकै कारण अतिसंवेदनशील मतदानस्थलको संख्या बढाइएको हो । निर्वाचन सुरक्षाका लागि सेनाबाट करिब ८० हजार, प्रहरीबाट करिब ७१ हजार, सशस्त्रबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार र ४० दिन कार्यअवधि तोकिएका निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जनालाई परिचालन गर्न लागिएको छ ।

२०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यतिबेला ३५ जिल्लाका ७१ मतदानस्थलमा हुलहुज्जत र तोडफोड गरिएकामा १५ स्थानको मतदान प्रभावित भएको थियो । ३२ ठाउँमा हवाई फायर गरिएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

पासपोर्ट छपाइ भ्रष्टाचारमा महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । राहदानी छपाइ अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेक...