शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

नेशनल लाइफ इन्स्योरेन्सद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

Main News Image

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज आयोजित विशेष कार्यक्रममा सहयोग रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि सहयोग आवश्यक रहेको भन्दै कम्पनीले उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई समेत आग्रह गरेको छ ।

कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

एक लाख २८ हजारलाई पर्ने सुपर खुदी हाइड्रोको आईपीओ फागुन ५ बाट निष्काशन खुला

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते सोमबारदेखि १० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि फागुन ४ गतेबाट निष्काशन खुला गर्ने भनिए पनि उक्त मिति एक दिन पछि सारिएको हो ।  यसअघि आयोजना प्रभावित स्थ...