पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट
चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छन्।
सूचीमा ‘अ–विधवा’ (गोविन्द गिरी प्रेरणा), ‘कल्प’ (डा. नवराज लम्साल), ‘जगज्जननी उसकी आमाको नाम होइन’ (नारायण ढकाल), ‘तुलु राजा’ (चन्द्रप्रकाश बानियाँ), ‘तोरकीन’ (क्षितिज समर्पण), ‘दहाड’ (नवीन अभिलाषी), ‘परिधि’ (उमा सुवेदी), ‘पैकेलो’ (ओम रिजाल), ‘भग्न प्रेमशाला’ (खगेन्द्र गिरी), ‘मध्यको उज्यालो’ (भूपिन), ‘महायुग’ (सीमा आभास), ‘स्वस्पर्श’ (डा. नवराज केसी), ‘सलह’ (श्रवण मुकारुङ), ‘सूतपुत्र’ (शंकरप्रसाद गैरे) र ‘हिउँद’ (नदीश) रहेका छन्।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार आगामी महिना यही सूचीबाट पाँच उत्कृष्ट कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिनेछ। त्यसपछि अन्तिम विजेताको घोषणा हुनेछ।
पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्यका प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित विशेष समारोहमा विजेतालाई नगद राशिसहित सम्मानपत्र प्रदान गरिन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण
प्राज्ञ चेतनाथ धमला
धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित
धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...
इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...
छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक
मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...
मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट ग...
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक, यी हुन् उत्कृष्ट ५ कृति !
काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले साउन १५ गते एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...



