बाल दिवसमा १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान
चितवन । विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेका हुन् । कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । सम्मानस्वरुप उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।
त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा दिइएको जानकारीअनुसार कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन् । रासस
एक्सप्रेस
सम्बन्धित खबर
न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा
काठमाण्डौँ । उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ। बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो ।
प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो। त...
पाँच एसएसपीको नाम डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो ।
जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको...



