नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा चेकपोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला परेका हुन् । बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई शङ्का लागेर खानतलासी गर्दा अवैध रूपमा ल्याइएका ती सामग्री बरामद गरिएको हो ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले बसको खानतलासी गर्दा चालकको सिटको छेउमा कालो झोलामा लुकाएर राखिएको अवस्थामा ती आईफोनहरू फेला पारेको थियो । बरामद गरिएका मोबाइलहरूको सम्बन्धमा कुनै पनि आधिकारिक बिल वा खरिद कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...
मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते
काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।
घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रम...
गुरुङ र किलो १ को शङ्कास्पद कुराकानी !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते काठमाडौँका उपत्यका (किलो १) का तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीसँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य सार्वजनिक भएको छ।।
“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न
काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।
आजको कार्यक्रम अन्त...
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगल...
सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान
काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभ...



