बिहिबार, १२ कात्तिक २०८३
नेपाली

बाजुराको अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी

Main News Image

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी भएको छ। यहाँका स्याउ कृषकले स्याउ बिक्री गरेर एक करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो। अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठूला सहर काठमाडौं, नेपालगन्ज, सुर्खेत, धनगढीमा भेटाउन सकिन्छ ।

बाजुराका किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेको ठूलो परिणामको स्याउ बाह्य जिल्लामा निर्यात गर्ने गरेका छन्। कृषि ज्ञान केन्द्र बाजुराको ढुवानीमा उनीहरूले स्याउ बिक्री गर्ने गरेका छन्। अघिल्लो बर्षको तुलनामा भन्दा यो स्याउ उत्पादनमा भने कमी आएको हो।

बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो। कतिपय किसानले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठूलो परिणामको स्याउ बजारिकरणबाट एक करोड बढी आम्दानी भएको हो। अन्य सानोतिनो संख्यामा बिक्री भएको स्याउको विवरण र आम्दानी नराखिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाटो बन्दका कारण स्याउ ढुवानीमा केही समस्या भएको थियो। सडकले बन्दले समयमै सोचेजस्तो स्याउ बजारिकरण गर्न नसक्दा केही मात्रामा घाटा व्यहोर्नु परेको बुढिनन्दाका स्याउ कृषक पुर रावतले बताए। तर, पनि पाकेको स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्ला निर्यात गरिएकोले किसानहरूलाई आम्दानी गर्न सहज भएको उनले बताए।

mediabaaji add

सम्बन्धित खबर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

३० असोज, काठमाडौँ । प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल...

गहुँको समर्थन मूल्यप्रति किसान असन्तुष्ट, लागतसमेत नउठ्ने गुनासो

काठमाडौँ । सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानहरूले असन्तुष्टि जनाएका छन् । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ तोके पनि सो मूल्यले उत्पादन लागतसमेत नउठ्ने किसानहरूको गुनासो छ ।

पछिल्लो समय पेट्रोल...

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु...