बिहिबार, १७ वैशाख २०८३
नेपाली

राजनीति

Main News Image

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल थालेका छन् । विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्‍याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका हुन् । सोहीअनुसार देउवाले बिहीबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए ।

देउवाले महाराजगञ्जस्थित निवासमा बोलाएर कार्यवाहक सभापतिसँग काउण्टर मुभबारे छलफल गरेका हुन्। यही पुस २६ देखि २८ सम्म तोकिएको १५औँ महाधिवेशन नहुने भएपश्चात् महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन्। हल खोज्ने, विधानमा काम गर्नेलगायत आवश्यक तयारीमा उनीहरू जुटेपछि त्यसलाई रोक्न संस्थापन पक्षले छलफल थालेको हो ।

सुशासन कायम गर्दै निष्पक्ष निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार प्रति...

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी...

जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत...

नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको छ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकाम...

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

 काठमाडौँ । जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तम...

‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

काठमाडौँ ।  उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जा...

प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने...