राजनीति
रास्वपाद्वारा संघीय निर्वाचन समिति गठन, संयोजकमा डिपी अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संघीय निर्वाचनलाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक गतिविधि सञ्चालन गर्न समिति बनाइएको हो । केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोलप्रसाद डिपी अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरिएको रास्वपाले जनाएको छ। समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ छन् ।
प्रदेश समन्वय सचिवका रूपमा कोसी प्रदेशमा उपेन्द्र पाण्डे, मधेस प्रदेशमा डा। नमिता यादव, बागमती प्रदेशमा सरिता ज्ञवाली, गण्डकी प्रदेशमा तोयाराज अधिकारी, लुम्बिनी प्रदेशमा अर्जुन अधिकारी, कर्णाली प्रदेशमा श्यामबाबु गौतम र सुदूरपश्चिम प्रदेशमा डा। कृष्ण भेटुवाल तोकिएका छन् ।
सम्पादन समितिले तीन वटा विशेष उपसमिति गठन गरी केन्द्रीय कार्यालयबाट डेस्क सञ्चालन गर्ने निर्णय गरेको रास्वपाले जनाएको छ । गठन गरिएका उपसमितिमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति छन् ।
ताजा समाचार
सर्लाही-४ लाई मुलुक कै उत्कृष्ट क्षेत्र बनाउँछु : गगन थापा
सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउ...
दोहोरो भूमिकाबाट पछि हटे कांग्रेस, निवर्तमान सांसदहरू अव सर्वोच्च नजाने
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनः स्थापनाको रिट पेसीमा चढाउन आग्रह गर्ने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले तय...
यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी,...
ओलीका चुनावी कमाण्डर भन्छन् : हामी घेराबन्दी तोड्छौँ
काठमाडौँ । नेकपा एमालेले चुनाव प्रचार प्रसारलाई आक्रामक रूपमा अघि बढाएको छ । पार्टीले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा पूर्वमन्त...
आत्मसमीक्षा गरेर एकतामा आउन विप्लवलाई प्रचण्डको आग्रह
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र...
रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । बुधबार त्रिवि शि...


