राजनीति
कांग्रेसले मधेशका मुद्दा जुरुक्क बोक्नेछ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्ष पार्टीले मधेसका मुद्दा जुरुक्क बोक्ने बताएका छन् । शुक्रबार धनुषामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले मधेसले सम्पूर्ण विश्वास दिए कांग्रेसको एकमना सरकार बन्ने र सम्पूर्ण मुद्दा बोक्ने बताएका हुन् ।
‘मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ । त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ । चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन् सबै मुद्दा कांग्रेसले बोक्छ,’ उनले भने । आफू निर्वाचन क्षेत्र नभएर यहाँ आएको नभइ मधेसलाई जोड्न आएको उनले बताएका छन्। उनले मधेशलाई कांग्रेसको जननी भएको समेत बताएका छन् ।
ताजा समाचार
निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसर : डा. भीम रावल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा भीम रावलले अहिले भइरहेको निर्वाचन देशको भविष्यसँग प्रत्यक्ष जोडिएको महत...
एमालेले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन् । प्रेस च...
विगतका कमजोरी सुधार गरेर समयसँगै बदलिँदै काँग्रेस : सभापति थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी समयअनुकूल सुधारिएको राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको बताएका छन् । शुक्रबार सर्लाही ४ मा आय...
निर्वाचन आयोगको तयारी तीव्र : जिल्ला अनुसारका नमूना मतपत्रहरू सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रका नमूनाहरू सार्वजन...
सहिद दिवसमा बालेनको शुभकामना : ‘फेरि कसैले सहिद बन्नु नपरोस् !’
काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आज बिहानै सहिद दिव...
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
काठमाडौँ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना...


