राजनीति
उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ ।
कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने छ । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेदवारको उम्मेदवारी निस्सा वा परिचयपत्र, सम्बन्धित बैङ्कको दस्तखत नमूना कार्ड र खाता सञ्चालकको नागरिकता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
आयोग वा निर्वाचन कार्यालयले कागजात जाँच गरी सिफारिस गरेपछि मात्र बैङ्क तथा वित्तीय संस्थाले खाता खोल्नेछन् । खाता खुलेको जानकारी आयोग, निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्नेछ ।
ताजा समाचार
निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसारको...
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
काठमाण्डौँ । कास्की प्रहरीले चुनावकै मुखमा जेनजी आन्दोलनको क्रममा लुटिएको इन्सास राइफलसहित २ जनालाई पक्राउ गरेको छ ।...
चुनाब फागुन २१ मा एकैदिन गर्नुपर्छ : प्रचण्ड
काठमाडौँ । मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले मौसम अनुकूल नभएमा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताएपछि नेपाली कम्युनिस्ट पार्ट...
बालेनले गरे खुवालुङको दर्शन, भने_ जीवित सांस्कृतिक आध्यात्मिक परम्पराको प्रतीक
काठमाण्डौँ । पूर्वी तराईको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले खुवालुङको दर्शन गरेका छन् ।...
राष्ट्रपति पौडेल जापानबाट हिँडे, आजै काठमाडौँ आइपुग्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चार दिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गरेका छन् । नेपाल र जाप...
विदेशी गाडी चढेर चुनाव प्रचार गर्न नपाइने, आचारसंहिता उल्लङ्घन नगर्न आग्रह
काठमाडौँ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोक...


