मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

मतदाता नामावली दर्ता अवधि थप गर्न प्रधानमन्त्रीको आग्रह, निर्वाचन आयोग सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि तोकिएको समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । मतदाता नामावली सङ्कलनमा हाल देखिएको उत्साह र चापका कारण म्याद थप आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुराकानी गर्दै समय सीमा थप्न अनुरोध गरेकी हुन् । भण्डारीले आयोग यस विषयमा सकारात्मक रहेको र पाँच दिनसम्म म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई दिएका छन् ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रणाली सञ्चालन भएपछि हिजोदेखि अनलाइनमा अत्यधिक चाप देखिएको छ। यससँगै इन्टरनेट सर्भरमा देखिएका केही प्राविधिक समस्याबारे पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेकी थिइन्। अनलाइनमा देखिएको समस्याको समाधानका लागि काम भइरहेको आयुक्त भण्डारीले जानकारी दिएका छन्।

आयोगले उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएकाहरूलाई नाम लेखाउन ३० कात्तिकसम्मको समय सीमा निर्धारण गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्व...

जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छ : यादव स...

काठमाडौँ । जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । मंगलबारदेखि काठम...

महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष...

महाधिवेशन मिति तोक्न माग गर्दै कांग्रेसका २५ केन्द्रीय सदस्यले बुझाए पत्र

काठमाडौँ । । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण...

सन्तोष परियारले रास्वपा छाडे

काठमाडौँ । विघटित प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक रहेका नेता सन्तोष परियारले रास्वपा छाडेका छ...

ओलीलाई फागुन २१ को निर्वाचनमा लतारेर ल्याउनुपर्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २१ गतेको चुनाव...