बुधबार, १६ वैशाख २०८३
नेपाली

राजनीति

Main News Image

चार राजदूतको राजीनामा स्वीकृत

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतमध्ये चार जनाले राजीनामा दिएका थिए । उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, बेलायतका चन्द्रकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको मन्त्रालयले जनाएको हो ।

उनीहरूले मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष विभिन्न मितिमा राजीनामा बुझाएका थिए। सचिव राईले उनीहरूको राजीनामा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कार्कीसमक्ष पेस गरेकोमा राजीनामा स्वीकृत भएको जनाइएको हो।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्र नेपाल आइपुग्ने गरी विभिन्न देशमा रहेका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो।

बालेनदेखि रवि र कुलमानसम्मलाई एकै ठाउँमा आउन सुदन गुरुङको आह्वान

काठमाडौँ । हामी नेपालका संस्थापक एवम् जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान...

विदेशका नेपालीलाई मतदानमा सहभागी गराउन अध्यादेश ल्याउने तयारी

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई आम निर्वाचनमा मतदानको व्यवस्था मिलाउन अध्यादेश ल्याउने तयारी गरेको छ । गृह...

गृहमन्त्री अर्यालले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा व्यवस...

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक गृहमन्त्री अर्यालको अध्यक्षत...

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौँ । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज  अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्या...

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको ह...

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादीबीच एकता वार्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा बीच शनिबार एकता वार्ता सम्पन्न भएको...