राजनीति
ओलीले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षकै प्रत्याशी ईश्वर पोखरेलले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ । एमालेमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । पदाधिकारीहरू र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ। केन्द्रीय सदस्यहरू र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ । एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ ।
ताजा समाचार
ओली समूहमा अर्को विद्रोह : रघुजी पन्तले छाडे साथ
काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । पन्तले अध्य...
एमालेलाई ठीक ढङ्गले चलाउन मेरो उम्मेदवारी : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढङ्गले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशन...
उपाध्यक्ष अस्वीकार गर्दै घर हिँडे प्रदीप ज्ञवाली
काठमाडौँ । महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिन अनिच्छा देखाएका छन् । म...
एमाले उपाध्यक्ष पदका लागि बिन्दा पाण्डे मैदानमा, प्रस्तावकमा अष्टलक्ष्मी
काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको...
लेखराज भट्टले अस्वीकार गरे ओली समूहको सचिव पद
काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट सचि...
कांग्रेस कास्की-३ बाट प्रत्यक्षतर्फ १२ सहित २२ जनाको नाम सिफारिस
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ ले उम्मेद्वार सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्व...


