आइतबार, ३१ जेठ २०८३
नेपाली

सूचना-प्रविधि

Main News Image

सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमवासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्री सस्मित पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती हटाउँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित वस्तिमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो ।

केन्द्रले सुकुमबासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ । खासगरी सोमदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ ।


देशभर अतिक्रमित संरचना हटाउने अभियान जारी

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो...

भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

काठमाडौँ । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । बिहीबा...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष,...

हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्...

पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक...

वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हि...