आइतबार, ३१ जेठ २०८३
नेपाली

सूचना-प्रविधि

Main News Image

स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेरसम्बन्धी प्रारम्भिक मस्यौदामा राय तथा सुझाव माग गरेको छ । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव दिन आग्रह गरेको हो ।

जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घलाई समेत बोधार्थ दिँदै सहजीकरणको लागि अनुरोध गरिएको छ। मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ बमोजिम गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिने व्यवस्था र नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी ‘मापदण्ड, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरिएको हो।

उक्त मस्यौदामा राय तथा सुझाव भए मन्त्रालयको इमेलमार्फत तीन दिनभित्र पठाउन अनुरोध गरिएको छ। साथै, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पनि सोही अवधिभित्र सुझाव दिन परिपत्र गरिएको छ ।

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हि...

वन डढेलोमा कमी, मनसुन पूर्वको वर्षाले घटायो

काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्...

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंश...

सेवा प्रवाहमा नयाँ अभ्यास, राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

काठमाडौँ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र लाइसेन्स अब घरमा पु...

मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययो...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोड...