मनोरञ्जन
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौँ रमेर’को श्रव्यदृश्य सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अभिनेत्री भुसालले कलाकारिता र उमेरका चुनौतीका विषयमा चर्चा गरिन् ।
उनले भनिन्, ‘बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नसके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ । म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बुढो होइन । यस्ता विषयलाई गीतले राम्रोसँग प्रस्ट्याएको छ, त्यसैले गीत सुन्दर बनेको छ ।’
अभिनेत्री भुसालले ढिलै भए पनि आफ्नो इच्छालाई पूर्णता दिएको भन्दै गायिका लक्ष्मी भुजेल महर्जनलाई गायन क्षेत्रमा निरन्तरता दिन आग्रह गरिन् । ‘मैले अभिनयको सुरुआत गर्दा परिवार र समाज दुवैबाट साथ पाउन मुस्किल थियो । समाजले मेरो अगाडि प्रसंशा गरे पनि कुरा काटेको पनि सुनेकी छु । अहिले गायिका महर्जनलाई झण्डै ५० वर्षको उमेरमा परिवारले नै साथ दिएर गायिका बनाएको सुन्दा खुसी लाग्छ । हाम्रो समाजले कलालाई झन् धेरै सम्मान गर्न लागेको अनुभूति हुन्छ’, उनले भनिन् ।
अभिनेत्री मिथिला शर्माले गायिका महर्जनको आँटलाई देखेर आफू प्रभावित भएको बताइन् । उनले गायिका महर्जनको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी व्यक्त गरिन् । ‘उमेरले हामीलाई केहीमा रोक्न सक्दैन भन्ने एउटा उदाहरण नै गायिका महर्जन हुनुहुन्छ । हामी अहिले पनि आफ्नो काम गरिरहेका छौँ, त्यसैले बढ्दो उमेरसँग डराउने नभई रमाउने हो । आफ्नो कर्ममा इमान्दारिताका साथ लाग्नुपर्छ, यो सन्देश गीतले दिएको छ’, उनले भनिन् ।
ताजा समाचार
आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वासस...
‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत
काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिए...
‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना
काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी...
कान्समा छानियो नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’
काठमाण्डौँ । विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । कान्सअन्तर्गतको विधा ‘अन सर्टेन...
नेपाल छांयाकनका लागि उत्कृष्ट गन्तब्य, कोरियन निर्देशकले गरे तारिफ
काठमाडौँ । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छ...
हाँस्य कलाकार ‘बले’ पक्राउ
काठमाडौँ । हाँस्य कलाकार सागर लम्साल बले पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जा...


