मनोरञ्जन
अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने-'न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु'
काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएको बताएका छन् ।
उनी लेख्छन्, ‘ न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु । आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख(दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ ।’
अमेरिकाको ग्रीनकार्ड लिइसकेका धुर्मुसले गत २६ मंसिरमा फेसबुकमा लामो बकपत्र लेख्दै छोरीको खुट्टाको उपचारका लागि अमेरिका गएको दाबी गरेका थिए । कुञ्जना घिमिरे ‘सुन्तली’ र उनकी छोरी भने अहिले उतै छन् । त्यतिबेलाको फेसबुक पोस्टमा धुर्मुसले अमेरिका भागेर गएको भन्ने कतिपय विवरणको खण्डन प्रयास गरेका थिए । निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको उनको भनाइ थियो । उनको समस्या भरतपुर क्रिकेट रंगशालाको विवादसँग जोडिएको छ । फिल्मको कुरा गर्दा, उनी अभिनित ‘लाज शरणम्’ गतवर्ष प्रदर्शनमा आएको थियो ।
ताजा समाचार
‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ...
बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)
काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्...
उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गर...
एलिनाको मर्मस्पर्शी गीत "करिमै छैन के"
काठमाडौँ । लोकप्रिय गीत करिमै छैन के युट्युबमा दर्शकको मन जित्दै भाइरल बन्दै गएको छ । भावनात्मक शब्द, मधुर स्वर र सुन्दर संगीत संयोजनका कारण गीतले...
२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक
काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । ब...
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने...
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्...


