आर्थिक खबर
किमाथांका अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाइने, लगानी मोडालिटी तय
काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तय भएको छ । निर्माण अवधिको ब्याजसहित अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ रहेको आयोजना सरकार र सरकारी निकाय संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले नै निर्माण गर्नेछ। कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट जुटाइनेछ ।
ऋण व्यवस्थापनका लागि एचआइडिसिएल, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंकहरूको सहवित्तीयकरण प्रस्ताव गरिएको छ। इक्विटी रकम संस्थापक, गैरआवासीय नेपाली, आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणबाट शेयर निष्कासनमार्फत संकलन गरिनेछ ।
आयोजनाबाट वार्षिक करिब २ अर्ब ६९ करोड युनिट विद्युत उत्पादन भई करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
ताजा समाचार
अमेरिकी डलरले आज पनि राख्यो उच्च विन्दुको रेकर्ड, एक डलरको नेपाली रुपैयाँ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै...
नेप्से २८.७३ अंकले उकालो, कारोबार ६ अर्ब ४७ करोड
काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ । ३३५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर किनबेच हुँदा...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ । बिक...
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले बढेको...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ प...
नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !
काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा...


