आर्थिक खबर
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो ।
एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवबात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध भूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता, र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् ।
डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा र अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन् । यस बचत खाताको सुरुवात मार्फत एनएमबि बैंकले देशका सबै भागमा सजिलो, आधुनिक र डिजिटल बैंकिङ सेवा पु¥याउने आफ्नो लक्ष्यलाई अझ अगाडि बढाएको छ ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
ताजा समाचार
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार चार सय...
नेपाल राष्ट्र बैंकले आज एक खर्ब निक्षेप संकलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता नगद व्यवस्थापन गर्न आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्...
अण्डाको मूल्य बढ्यो, किसानले अझै पाएनन् लागत मूल्य
काठमाण्डौँ । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखु...
कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया बोकेको जहाज आइपुग्यो
काठमाडौँ । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो ज...
विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरसँगै कुवेती दिनार र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले जारी गरेको नयाँ दररेट अनुसार...
सुनको मूल्य बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोल...


