आर्थिक खबर
३६० वस्तुको अन्तःशुल्क खारेज, मदिरा, जंक फुड र इनर्जी ड्रिङ्समा भारी वृद्धि
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरूमा व्यापक हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अहिलेसम्म विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको जानकारी दिए ।
सरकारले सर्वसाधारणलाई राहत दिने उद्देश्यले धेरै वस्तुको अन्तःशुल्क हटाए पनि मदिरा, सुर्तीजन्य पदार्थ, पत्रु खाना जंक फुड, रङ्गरोगन तथा जुस जस्ता स्वास्थ्य र वातावरणमा असर पार्ने वस्तुहरूमा भने अन्तःशुल्कका दरहरू बढाएको छ । नयाँ आर्थिक विधेयक अनुसार दैनिक उपभोग्य र अन्य खाद्यान्न वस्तुको कर संरचनामा परिवर्तन गरिएको छ । जसअनुसार गुड, सख्खर र भेलीको अन्तःशुल्क प्रतिक्विन्टल एक सय ३८ रुपैयाँबाट बढाएर एक सय ४० रुपैयाँ तथा उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल एक सय १० रुपैयाँबाट बढाएर एक सय १५ रुपैयाँ पुर्याइएको छ ।
ताजा समाचार
कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१...
बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३।२ किमि सडक निर...
रामेछाप । बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्म बाँकी रहेको सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहय...
सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?
सुनको मूल्य घट्दा चाँदीको बढ्यो !
काठमाडौँ । नेपाली बजारमा बुधबार जेठ १३ सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...
सस्तोमा पाइयो भन्दै घरजग्गा नकिनौं, सार्वजनिक जग्गामा बनेको हो वा होइन ? जाँचौं
रुषा थापा_________________
भक्तपुर । सामाजिक सञ्जाल, पत्रपत्रिकालगायतमा घरजग्गा एकदमै सस्तो मूल्यमा बेचबिखनका खबरहरु देखिन्छन्...
रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने
काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि...


