बिहिबार, ०४ असार २०८३
नेपाली

आर्थिक खबर

Main News Image

आज सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ४९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अंखु खोला हाइड्रोपावरको सर्वाधिक ८० करोड रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ६० करोड ३० लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको २६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ४ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, अंखु खोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।


एलपी ग्यास अभावको हल्ला निराधार : प्रबन्ध निर्देशक भट्ट

काठमाडौं। एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अ...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनमा भारी बृद्धि छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनच...

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्म...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपै...

कालिञ्चोक हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले सोमबार यस कम्पनीलाई १३ करोड ७५ लाख रु...

नेप्सेमा १२.५८ अंकको गिरावट, ८ अर्ब ६३ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ८७ लाख ०३ हज...