बुधबार, ०३ असार २०८३
नेपाली

आर्थिक खबर

Main News Image

भारत र न्युजिल्याण्डबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

काठमाडौँ । भारत र न्युजिल्याण्डबीचको द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि एक नयाँ अध्याय शुरू भएको छ । दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै व्यापार, लगानी र रोजगारीका क्षेत्रमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । 

यो महत्त्वपूर्ण सम्झौता भारतीय वाणिज्य मन्त्री पीयूष गोयल र न्युजिल्याण्डका समकक्षी टोड म्याकलेको उपस्थितिमा आधिकारिक बनाइएको हो । जसलाई भारतीय अर्थतन्त्र र निर्यातकर्ताहरूका लागि विश्व बजारमा ठूलो कूटनीतिक र आर्थिक विजयका रूपमा लिइएको छ ।

यस सम्झौताको सबैभन्दा उल्लेखनीय विशेषता यसको निर्माणको गति रहेको छ । सन् २०२५ मार्च १६ मा शुरू भएको वार्ता मात्र नौ महिनाको छोटो अवधिभित्रै सम्पन्न भएको थियो । सम्झौता लागू भएसँगै भारतीय उत्पादनहरूमा न्युजिल्याण्डले लगाउँदै आएको कर तत्काल शत प्रतिशत मिनाहा हुनेछ भने न्युजिल्याण्डबाट भारत आउने वस्तुहरूमा पनि कर लाग्ने छैन ।

हाल न्युजिल्याण्डले भारतबाट निर्यात हुने करिब ४५० वस्तुमा १० प्रतिशत कर लगाउँदै आएकोमा अब भारतीय कपडा, तयारी पोसाक, छाला उद्योग, सेरामिक्स र सवारी साधनका पार्टपुर्जाको निर्यातले ठूलो बढावा पाउनेछ । बदलामा भारतले पनि न्युजिल्याण्डबाट आउने ९५ प्रतिशत सामानमा छुट दिएको छ । 


मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भा...

मुस्ताङमा यार्सा सङ्कलन सुरु

काठमाडौँ । मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण...

नेप्से ७.७३ अंकले बढ्यो, ४ अर्ब ७४ करोड कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । बजार परिसूचक नेप्से ७.७३  अंकले बढेर २७९६ विन्दुमा थामिएको हो । यसअघि शुक्रबार नेप्से...

स्नो रिभर्सले वैशाख २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना...

अविरल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । अविरल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्तावसहित आगामी जेठ १६ ग...

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन...