कोहलपुरको योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुर बेरोजगार
बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत छ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन् ।
उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई खेमामा विभाजित भएका छन् । कोहलपुर–१५ निवासी मजदुर शोभाराम यादवले ट्रेड युनियनका नाममा भएको आन्दोलनले रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे । कतिपय मजदुरहरूले भने आफूहरूको सहमतिबिना, उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको फर्जी नाम राखेर ट्रेड युनियन गठन गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् । खारेजीको माग गर्ने मजदुरहरूलाई ट्रेड युनियनका नेताहरूले डरत्रास र धम्की दिने गरेको यादवले बताए ।
कोहलपुर–६ निवासी मजदुर गीता थारुले अहिले आफूहरूलाई सङ्गठनभन्दा पनि रोजगारीको खाँचो रहेको बताए । सङ्गठनको आन्दोलनका कारण आफ्नो दुई महिनादेखि जागिर गुमेको उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भेरी-बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने : १३२ केभी प्रसारण लाइन निर्माण गरिँदै
सुर्खेत। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको छ ।
आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्...
साताको पहिलो कारोबारमै सेयरबजारमा गिरावट, ४ अर्ब ५७ करोडको कारोबार
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेका अनुसार परिसूचक १.२० अंकले घटेर २,६८४.३३ विन्दुमा कायम भएको हो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक बढ्दा ५ उपसमूहको सूच...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।
सोलुखुम्बुमा सहुलियतको नुनको माग बढ्दो, एक वर्षमा ७२ लाखभन्दा बढीको बिक्री
सोलुखुम्बु । सोलुखुम्बुमा सहुलियत दरमा वितरण हुँदै आएको आयोडिनयुक्त नुनको खपत बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतिप्याकेट ९ रुपैयाँमा उपलब्ध गराउँदै आएको नुन गत आर्थिक वर्षमा ७२ लाख रुपैयाँभन्दा बढीको बिक्री भएको छ।
सल्लेरी डिपो...
एपोलो हाइड्रोपावरले भोलिदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्दै
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
...
माघ १५ देखि २५ गतेसम्म दशौं धादिङ महोत्सव हुने
काठमाडौँ । जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ धादिङ...



