प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन हुने किसिमका भिडियो बनाएको भन्दै पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन् ।
फाल्गुनन्द गाउँपालिका ७ का बासिन्दा पोखरेललाई जिल्ला प्रहरी कार्यालय, पाँचथरको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार, प्रहरीको साइबर ब्यूरोको अनुसन्धान र समन्वयका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । १० दिनको म्याद थप पक्राउ परेका पोखरेललाई अदालतबाट १० दिनको म्याद थपेर हिरासतमा राखिएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन साइबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मुगुका गणेश नेपालीको आत्मदाह प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति
काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा न...
काठमाडौंबाट हराएका ५३ वटा मोटरसाइकल सवारीधनीले पाए
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर सवारीधनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । काठमाडौं उपत्यका ट्रफिक प्रहरी...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...
प्रमुख आयुक्त राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इम...
बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...
गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ
काठमाडौँ । गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोप...



