प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह
रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ । वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । घटनाको समयमा श्रीकृष्ण थुनुवा कक्षमा एक्लै थिए ।
काठमाडौंमा बस्दै सवारी चालकको काम गर्दै आएका विकले खोटाङ निवासी एक युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए । युवती १७ वर्षकी बालिका भएको भन्दै युवतीका परिवारले काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएपछि श्रीकृष्णलाई काठमाडौंमा पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो। उनी गत शुक्रबारदेखि खुर्कोट प्रहरी हिरासतमा रहेका थिए। उमेर नपुगेको भने पनि उजुरीको मुख्य कारण अन्तरजातीय विवाह भएको विकका परिवारको भनाइ छ ।
श्रीकृष्णले आत्महत्याको प्रयास गरेको प्रहरीले हिजो साँझ ६ बजे तिर पत्तो पाएको जनाएको छ । त्यसपछि तत्काल उनलाई सुनकोसी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँबाट उनलाई सिन्धुली अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा...
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पू...
३६ घण्टादेखि धनकुटा बजारमा बिजुली अवरुद्ध
काठमाडौँ । सोमबार राति आएको शक्तिशाली हावाहुरीका कारण अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ । केही क्षेत्रमा लाइन जोडिए पनि सदरमुकाम क्षेत्र भने अझै विद्युतविहीन अवस्थामा रहेको छ ।
नेपाल विद्युत प्राधिकरण, ध...
हिमपातसँगै वर्षा हुने चिसो अत्यधिक बढ्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ ।...
देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर आंशिक बदली रहेको छ भने आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश...



